images
images
images

भारतीय पर्फ्युम ब्रान्ड बेलाभिटा नेपाली बजारमा

images

पूर्वाधार वाच, काठमाडौं ।

भारतीय पर्फ्युम ब्रान्ड बेलाभिटा नेपाली बजारमा सार्वजनिक भएको छ । औपचारिक रूपमा नेपाली बजारमा भित्रिएसँगै कम्पनीले आफ्नो वैश्विक विस्तारतर्फको यो महत्त्वपूर्ण कदम भएको बताएको छ ।

गुणस्तर, इन्नोभेसन र ग्राहकको सन्तुष्टिका कारण बेलाभिटाले भारत र संयुक्तराज्य अमेरिकामा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ । कम्पनीले अमेजोन अमेरिकामा यो टपमध्येमा सूचित भएको बताएको छ ।

नेपालमा कन्ज्युमर एक्सेस कम्पनीसँगको सहकार्यमा पाँच हजार स्टोरमार्फत बेलाभिटा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

बेलाभिटा भाटभटेनी सुपरमार्केट र दराज, जेभीलगायत अनलाइन किनमेल वेबसाइटमार्फत पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्