images
images
images

नेप्सेमा पहिरो, साताको कारोबारको पहिलो दिन ७९.८८ अंकले घट्यो

images

पूर्वाधार वाच, काठमाडौं ।

नेप्सेमा आज ठूलो गिरावट आएको छ । आइतबार नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ विन्दुमा पुगेको छ ।

आइतबार ३३३ कम्पनिको कूल ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता शेयर २ लाख १८ हजार ५७८ पटक कारोबार हुदा १९ अर्ब ७४ करोड ५ लाख ९३ हजार ८०० मूल्यमा खरिद बिक्री भएका छन् ।

त्यस्तै आज वीन नेपाल लघुवित्त, उपकर लघुवित्त र आत्मनिर्भर लघुवित्तको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज मन्दाकिनी हाइड्रोको सबैभन्दा बढी ९.९१ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज कारोबारको हिसाबले सबैभन्दा बढी अपि हाइड्रोको ८४ करोड ६८ लाख १७ हजार ३४७ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज अपिकै सबै भन्दा बढी २२ लाख ७८ हजार ७८७ कित्ता शेयर कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्