images
images
images

त्रिवि समाजशास्त्र विभागको प्रमुखमा पासाङ शेर्पा नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागको विभागीय प्रमुखमा सह–प्राध्यापक डाक्टर पासाङ शेर्पा नियुक्त भएका छन् ।

त्रिवि कार्यकारी परिषद्को आइतबार बसेको बैठकले शेर्पालाई आगामी चार वर्षका लागि विभागीय प्रमुखमा नियुक्त गरेको त्रिविका रेक्टर प्राडा खड्क केसीले जानकारी दिए ।

निकै चर्चामा रहेको विभागको विभागीय प्रमुख अन्ततः शेर्पाले हात पारेका हुन् । यसअघि मानविकी तथा सामाजिकशास्त्र सङ्कायले पहिलो नम्बरमा टिकाराम गौतमलाई राखेर सिफारिस गरेको थियो ।

गौतमलाई पहिलो नम्बरमा राखेर प्रमुख नियुक्तिका लागि सिफारिस भएपछि निकै विवादमा तानिएको थियो । गौतमलाई विभागीय प्रमुख बनाउन विद्यार्थी नेताहरूबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षा व्यवस्था माग गरेका थिए ।

विभागीय प्रमुख डा. युवराज लुईंटेलको चार वर्षे कार्यकाल साउन ३२ गते सकिएको थियो । कार्यकाल सकिनुअघि उनले विभागीय प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेका थिए । जसमा पहिलो वरीयतामा पासाङ शेर्पा, दोस्रोमा टीका गौतम र तेस्रोमा मनहरी ढकाल थिए ।

तर, मानविकी तथा सामाजिक शास्त्र सङ्कायकी डीन प्राडा कुसुम शाक्यले दोस्रो वरीयतामा रहेका गौतमलाई पहिलो नम्बरमा सिफारिस गरेकी थिइन् ।

कांग्रेस निकट सह–प्राध्यापक गौतमलाई कांग्रेस निकटकै प्राध्यापक संघबाट डीन बनेकी शाक्यले प्रमुखका लागि सिफारिस गरेकी थिइन् ।

त्यस्तै भाषा विज्ञान केन्द्रीय विभागको विभागीय प्रमुखमा डा. करुणाखर खतिवडा नियुक्त भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्