पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्क आज उद्घाटन गरेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नं ११ वसन्तनगरमा निर्मित मंगलादेवी सिंह ज्येष्ठ नागरिक पार्कको आज माननीय उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले समुद्घाटन गरेका हुन् । बाग्मती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा शहरी विकास मन्त्रालयको बजेटमा पार्क निर्माण भएको हो । 
‘नेपाली महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मंगलादेवी सिंह नै हो,’ पार्क उद्घाटन समारोहमा उपप्रधानमन्त्री सिंहले भने, ‘अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मंगलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि पनि हो ।’
नेवारी मौलिक पहिचान झल्काउने फाल्चा, व्यवस्था शौचालयसहितको व्यवस्थित पार्कले बानेश्वर, बुद्दनगर, बबरमहल क्षेत्रका ज्येष्ठ नागरिकलाई घुमफिर गर्न र समय कटाउन सहज हुने प्रदेश सांसद दिपेन्द्र श्रेष्ठले बताए ।
पार्कको सञ्चालन र संरक्षण काठमाडौं महानगरपालिका वडा नं ११ ले गर्ने वडा अध्यक्ष हिरालाल तण्डुकारले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्