images
images
images

एकीकृत समाजवादीको केन्द्रीय सचिवमा कुँवरको उम्मेदवारी घोषणा

images

पूर्वाधार वाच, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव पदका लागि पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले उम्मेदवारी घोषणा गरेका छन् ।

केही समयअघि सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनमा समेत सचिव पदमा दाबी गर्ने तयारीमा रहेका कुँवर पार्टी पार्टीले अध्यक्ष र महासचिव पदबाहेक पदाधिकारीको टुंगो लगाउन स्पष्ट निर्णय गर्न नसक्दा पछि हटेका थिए ।

नेकपा एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी बनपछि उनी सुरुमै केन्द्रीय सदस्य बनेका थिए । नेकपा एकीकृत समाजवादीका तर्फबाट अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य समेत रहेका कुँवर भूगोलका लोकप्रिय नेता मानिन्छन् ।

क्रियाशील र इमानदार नेताको छवि बनाएका कुँवर पार्टी कार्यकर्ताबीच पनि लोकप्रिय छन् भने उनी  समेत आफू सचिव निर्वाचित हुनेमा विश्वस्त देखिन्छन् ।

एकीकृत समाजवादीले महाधिवेशन सकेको महिनौं बितिसक्दा पनि पदाधिकारी टुंग्याउन नसक्दा निर्वाचनमा जानुपर्ने बाध्यता आएको छ ।

सर्वसम्मत पदाधिकारी चुन्न नसक्दा निर्वाचनमा जाने निर्णय गरेपछि आज निर्वाचन हुँदैछ । आज २ बजेदेखि सुरु हुने निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ ।

निर्वाचनमा केन्द्रीय समितिका ३४४ सदस्यले १८ पदाधिकारी र ८४ सदस्यीय पोलिटब्युरो सदस्य चयन गर्नेछ । एकीकृत समाजवादीको पदाधिकारीमा धेरैले आकांक्षा देखाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्