पूर्वाधार वाच, काठमाडौं ।
शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्व फेरबदल भएको छ । विभागको महानिर्देशकको मचाकाजी महर्जनलाई दिइएको छ ।
शहरी विकास मन्त्री प्रकाशमान सिंहले विभागका कुमारप्रसाद घिमिरेलाई सरुवा गर्दै उपमहा निर्देशक रहेका महर्जनलाई महानिर्देशको जिम्मेवारी दिइएको हो ।
यसअघि उनी विशेष भवन महाशाखा प्रमुख रहेका थिए । उनी यसअघि बहुचर्चित संसद् भवन, मन्त्री निवास, प्रदेश प्रमुख निवासलगायत विशिष्ट व्यक्तिहरूको आवास निर्माणलगायतका आयोजनाको प्रमुखको जिम्मेवारीमा थिए ।
विभागका महानिर्देशकबाट सरुवा भएका घिमिरे अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिमा पुगेका छन् । भने, हाल उक्त आयोजनाको निर्देशक रहेका सहसचिव रवीन्द्र बोहरा विभागको उपमहा निर्देशक बनेका छन् । उनले आवास महाशाखाको जिम्मेवारी पाएको बताइएको छ ।
यस्तै विभागको उपमहानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव प्रकीर्ण तुलाधरलाई विभागमै निरन्तरता दिइएको छ । यद्यपि यसहघि भवन महाशाखा हेर्दै आएका उनलाई कहाँ जिम्मेवारी दिने भन्ने विषय यकिन भइसकेको छैन । यस्तै केन्द्रीय आयोजना कार्यान्वयन इकाई(सीएलपीआइयू)का कोषनाथ अधिकारीलाई इकाईसँगै विभागको पनि उपमहानिर्देशकमा ल्याइएको छ ।
विभागका उपमहा निर्देशक नारायण प्रसाद भण्डारीलाई भवन प्रविधि तालिम केन्द्र पठाइएको छ । यससँगै तालिम केन्द्रका प्रमुख सुरेश ठाकुरलाई विशेष भवनको आयोजना प्रमुख बनाइएको छ ।
शहरी विकास मन्त्रालयले विभाग एवं अन्तर्गतका सहसचिवहरूलाई व्यवस्थापन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्