हुम्ला। चीनसँग सिमाना जोडिएको उत्तरी हिल्सा नाका बन्द गरिएको छ । वैशाख पूर्णिमाका अवसरमा चीनको पुराङ काउन्टीको ताक्लाकोटमा चाडपर्वका अवसरमा बिदा हुने भएकाले नाका बन्द भएसँगै आयात
बन्द भएको हो ।
शनिबारदेखि बुधबारसम्म हिल्सा नाकाबाट ताक्लाकोटबाट सामान आयात बन्द गरिएको सशस्त्र प्रहरी बलको सीमासुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण दाहालले बताउनुभयो ।
पूर्णिमाको अवसरमा चाडबाड भएको र सोही अवसरमा बिदा हुने भएकाले पूर्ण रूपमा हिल्साबाट सामान आयातमा बन्देज लगाइएको जानकारी उहाँले दिनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्