images
images
images

इजरायल केयर गिभरको लागि चिट्ठा प्रकृया सकियो, रिजल्ट कहिले आउँछ ?

images

पूर्वाधार वाच, काठमाडौं । 

इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयर गिभरका रूपमा रोजगारीमा लैजाने प्रकृया अन्तर्गत
(गोला प्रथा) अर्थात् लट्टरी प्रकृया सम्पन्न भएको छ ।

बिहीबार इजरायलको जेरुसेलममा पीबाले गरेको गोलाप्रथा छनोटमा नेपालस्थित इजरायली दूतावासका प्रतिनिधि, विभिन्न मन्त्रालयका प्रतिनिधि, पत्रकार एवं सरोकारवालाहरूका बिचमा उक्त प्रकृया सम्पन्न भएको राजदूतावासले पूर्वाधार वाचलाई जानकारी दिएको छ ।

दूतावासका अनुसार इजरायल केयर गिभरका लागि गोलाप्रथामार्फत् २२ सय जना छनोट भएका छन् । जसमध्ये ११९६ जना महिला र एक हजार ६ जना पुरुष रहेका छन् ।

राजदूतावासका प्रतिनिधिले भने, ‘चिट्ठा प्रकृया सम्पन्न भइसकेको छ । अब यसको नतिजा वैदेशिक रोजगारीले सूचीसहित सार्वजनिक छिट्टै गर्ला । यो सबै सरोकारवालाहरूलाई राखेर पारदर्शी रूपमै गरिएको हुन्छ ।’

वैदेशिक रोजगार विभागमार्फत् एक दुई दिनभित्रै गोला प्रथामार्फत् छानिएकाहरुको सूची सार्वजनिक हुने बताइएको छ ।

विभागका अनुसार इजराइल केयरगिभरमा जानका लागि चार हजार २४ जना (दुई हजार २०९ जना पुरूष र एक हजार ८१५ महिला) ले आवेदन दिएका थिए। आवेदन दिएकाबाट तीन हजार ४६१ जना (एक हजार ८६३ पुरूष र एक हजार ५९८ महिला) विभागले स्वीकृत गरेको थियो।

छानिएका नेपाली कामदारले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्नेछ । दुवै देशका सरकारीस्तरमा श्रम सम्झौता भएकाले इजरायलको रोजगारी सुरक्षित र आकर्षक मानिन्छ ।

केयर गिभरमा जानेलाई बस्ने सुविधा भए पनि लागत आफैँ तिर्नुपर्ने र खाने खर्चसमेत कामदारले नै व्यहोर्नुपर्ने बताइएकाे छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्