images
images
images

बेल्चाले हानेर कर्मचारीको हत्या

images

पूर्वाधार वाच, जनकपुरधाम ।

नेपाल आयल निगम, धनुषा महेन्द्रनगर इन्धन डिपोमा कार्यरत कर्मचारी राकेश कुमार वर्माको हत्या भएको छ। सिरहा नगरपालिका ३ घर भई डिपोमा कार्यरत वर्माको आज बिहान बेल्चाले हानेर त्यही कार्यरत अर्का कर्मचारीले हत्या गरेको बताइएको छ ।

हत्या आरोपमा प्रकाश यादवलाई प्रहरीले नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

डीएसपी अवाका अनुसार आज बिहान करिब १० बजे वर्माको हत्या भएको हो। हत्यामा संलग्न प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए । मृतक वर्माको शव अहिले घटनास्थलमै छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्