images
images
images

चलचित्र ‘एक्लो’को शुभमुहूर्त सम्पन्न, बिहीबारदेखि छायांकनमा

images

 पूर्वाधार वाच,  काठमाडौं ।

नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न गरिएको छ । बुधवार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।

फिल्मको शुभमुहुर्तमा मुख्य कलाकारहरू विजय लामा, सुनिल थापा, दिनेश डिसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली, बेलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।

चलचित्रको शुभ मुहूर्त पश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निर्देशक प्रदीप शाहीले, चलचित्र अन्तर्राष्ट्रिय स्तरको बन्न लागेको जानकारी दिए । अरू नेपाली चलचित्रमा भन्दा ‘एक्लो’मा दर्शकले फरकपन पाउने पनि निर्देशकको दाबी रहेको छ ।

उनले भने, ‘म नेपाली चलचित्र भन्दा पनि विश्व चलचित्र भनेर ट्याग दिन  रुचाउँछु किनकि विश्वभरि कै दर्शकलाई लक्षित गरेर बाहिर अझै जाओस् भन्ने आशा हो । एकदमै राम्रो चलचित्र बन्दै छ । तपाईँहरूको सहयोगको खाँचो छ ।’

भोलीबाट छायांकन सुरु गर्ने तयारीसहित शुभमुहुरत सम्पन्न गरेको चलचित्रले बुधवार फाइनल वर्कसप सक्दै छ । चलचित्रका निर्देशक शाही बेलायतबाट फर्किए लगतै यसको वर्कसप सुरु गरेका थिए ।

अन्तरिक्षमा नेपालबाट रकेट पठाउने विषयलाई उठान गरिने यो चलचित्रको टिम अहिले निर्माण टिम प्रि–प्रोडक्शनको तयारीमा लागि परेका छन् । शाही प्रोडक्शन नेपालको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रसँग निर्माणमा ह्रयाम्साएर एकाउन्टेनले सहकार्य गरेको छ ।

चलचित्रमा प्रदीप खड्का, विजय लामा, सुनिल थापा, दिया पुन , बेनिशा हमाल्, दिनेश डिसी, कविता नेपाली, अवोन राज उप्रेती, सुरज सिङ ठकुरी, त्रुचु राई, कृष्ण भक्त महर्जन, विकास अधिकरि, दिग्गज खत्री , विनोद कुमार सुबेदी क्षितिज, श्रीशेष श्रेष्ठ र बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिङ लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहने छ ।

जेमी चलचित्र एक्लोको छायांकनका लागि मंगलबार  मात्र नेपाल आएका हुन ।  उक्त फिल्मका निर्माता राजु कुमार गुरुङ,  हरि श्रेष्ठ , विष्णु तामाङ,  उत्सव बिस्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद कुमार सुबेदी क्षितिज रहेका छन् । फिल्मको छायाँकारमा बाबु श्रेठ तथा चलचित्रको सेट डिजाइनरमा राजु पेन्टर, आर्ट डाइरेक्टरमा सन्तोष लामा रहेका छन्। प्रोडक्सन डिजाइनर प्रेम खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्