images
images
images

नेपालमा ११.८ प्रतिशतले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

images

पूर्वाधार वाच, काठमाडौं ।

नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको एक प्रतिवेदनले देखाएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ अनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा देशमा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात बढेर रू. २९५ अर्ब ५० करोड कायम रहेको छ ।

प्रतिवेदनअनुसार नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ, जसमध्ये भारतबाट सबैभन्दा बढी अर्थात् रू. १०३ अर्ब ४५ करोड (३५ प्रतिशत) लगानी रहेको देखिन्छ । त्यसपछि चीनबाट रू. ३५ अर्ब ४६ करोड (१२ प्रतिशत) लगानी रहेको छ ।

नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको प्रतिवेदनले देखाएको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको देखिन्छ ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्