images
images
images

एक करोडको लागतमा वडा भवनको निर्माण शुरु

images

पूर्वाधार वाच, रौतहट ।

रौतहटको पश्चिमी भेग मौलापुर नगरपालिका वडा ४ को भवन निर्माण कार्य सुरु भएको छ। मेयर रिना कुमारी साहको विशेष पहलमा वडा ४ को कार्यालय प्रयोजनको लागि २ तले भवनको निर्माण कार्य प्रारम्भ भएको हो ।

मेयर साहले एक समारोहकाबीच उक्त भवन निर्माणका लागि  शिलान्यास गरेकी थिइन् ।

करिब १ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको भवनको ठेक्का एनएम कन्स्ट्रक्सन सर्लाहीले जिम्मा पाएको छ । उक्त भवनको  निर्माण कार्य यसै आर्थिक वर्ष भित्र सम्पन्न हुने सम्झौता भएको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् ।

भवन निर्माण पछि वडा ४ को सम्पूर्ण सेवा त्यहीँबाट प्रवाह हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्