पूर्वाधार वाच, काठमाडौं ।
नेकपा एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को अध्यक्षमा बलिभद्र राना निर्वाचित भएका छन् । यही भदौ १५ र १६ गते सम्पन्न परिषदको तेस्रो साधारण सभाले अध्यक्ष।
महासचिव लगायतका पदाधिकारीहरु सर्वसम्मत निर्वाचित गरेको हो । परिषद्को उपाध्यक्ष सुरेन्द्र पाठक र महासचिव रामरण देउजासहितको ८२ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
साधारण सभा एव अधिवेशनमा ६३ जिल्ला कार्यसमिति र ६ प्रदेश कार्यसमितिका ४५० जना निर्माण व्यवसायीहरु अधिवेशन प्रतिनिधिको रुपमा, १५० जाना पर्यवेक्षकको रुपमा र ७५ जाना आमन्त्रितका रुपमा सहभागी रहेको परिषद्ले जनाएको छ ।
नवनिर्वाचित कार्यसमितिको नामावली (सूचीसहित)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्