पूर्वाधार वाच, काठमाडौं ।
सरकारले एकैपटक १९ जना उपसचिवहरूको सरुवा गरेको छ। अर्थ मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा गरेका हुन् ।
स्रोतका अनुसार आन्तरिक राजस्व कार्यालय, जनकपुरमा आनन्द कुमार गुप्तालाई पठाइएको छ । दिलीप केसीलाई आन्तरिक राजस्व कार्यालय, जोरपाटीमा सरुवा गरिएको छ भने, चुडाराज सापकोटा सार्वजनिक ऋण व्यवस्थापन कार्यालय, त्रिपुरेश्वरमा सरुवा भएका छन् ।
तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय, टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय, काँकडभिट्टा, मान बहादुर पौडेललाई जनकपुर भन्सार कार्यालय, धनुषा, राम प्रसाद पाठकलाई वीरगन्ज भन्सार कार्यालय, वीरगन्ज, जनार्दन पौडेललाई नेपालगञ्ज भन्सार कार्यालय, बाँके राम प्रसाद रेग्मीलाई भैरहवा भन्सार कार्यालय, रुपन्देही र राजेन्द्र बस्नेतलाई जलेश्वर भन्सार कार्यालय, महोत्तरी पठाइएको छ ।
यस्तै मन्त्रालय स्रोतका अनुसार कृष्णनगर भन्सार कार्यालय, कपिलबस्तुमा फणीन्द्र खतिवडा, आर्थिक मामिला तथा योजना मन्त्रालय, लुम्बिनी प्रदेश, देउखुरी, दाङमा अमित पौडेल, आन्तरिक राजस्व कार्यालय, दमौलीमा लाल बहादुर खत्री, चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयमा उषा पोखरेल, आन्तरिक राजस्व कार्यालय, कृष्णनगरमा सुजित कुमार सिंहको सरुवा गरिएको छ ।
यता ध्रुवराज विश्वकर्मालाई गौतमबुद्ध विमानस्थल भन्सार कार्यालय, भैरहवा, नारद गौतमलाई भन्सार जाँच पास परीक्षण कार्यालय, त्रिपुरेश्वर, अनन्त प्रसाद तिम्सिनालाई आन्तरिक राजस्व कार्यालय, हेटौडा र युक्त प्रसाद सुबेदीलाई कैलाली भन्सार कार्यालय, धनगढी, कैलाली पठाइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्