पूर्वाधार वाच, काठमाडौं ।
सरकारले सहसचिव गोविन्दबहादुर कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई सचिवमा बढुा गर्ने निर्णय गरेको हो ।
कार्की यसअघि बागमती प्रदेशका कायममुकायम सचिव रहेका थिए । कार्कीलाई बढुवासँगै बागमती प्रदेशमै सचिवको जममेवारी दिइएको बताइएको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्कीसहित तीन सहसचिवको नाम सिफारिस गरेको थियो ।
जसमा पहिलो नम्बरमा सहसचिव डा. कमलप्रसाद पोखरेल, दोस्रो नम्बरमा गोविन्दबहादुर कार्की र तेस्रो नम्बरमा महादेव पन्थको नाम सिफारिस गरेको बढुवा सिफारिस समितिले गरेको थियो ।
तस्बिर सौजन्य : नेपाल प्रेस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्