पूर्वाधार वाच, काठमाडौं ।
सरकारले नेपाल इन्जिनियरिङ परिषद्को रिक्त सदस्यमा ७ जनालाई मनोनयन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले परिषद् सदस्यमा सात वटै प्रदेशबाट एक एक जना गरी सदस्यहरु मनोनयन गरेको हो ।
मनोनित हुने सदस्यहरुमा बिनोदबहादुर पाल (सुदूरपश्चिम), अम्बिका महत (कर्णाली प्रदेश), लेखनाथ पाण्डे (लुम्बिनी प्रदेश), डा. राममणी अधिकारी (गण्डकी प्रदेश), निर्जला श्रेष्ठ (बागमती प्रदेश), श्यामकिशोर यादव (मधेश प्रदेश) र लैला श्रेष्ठ (कोशी प्रदेश) रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्