images
images
images

ग्रीस पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

images

पूर्वाधार वाच, काठमाडौं ।

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

मोरङको पथरी शनिश्चरे नगरपालिका १० घर भई हाल भक्तपुर सुर्यविनायक नगरपालिका ११ बस्ने ३७ वर्षीय सन्देश कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका ८ गौशालाबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्