पूर्वाधार वाच, काठमाडौं ।
सरकारले दुई जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई सरुवा गर्ने निर्णय गरेको हो । सरुवा हुनेहरुमा सचिव मधुकुमार मरासिनी र लक्ष्मी कुमारी बस्नेत रहेका छन् ।
उपराष्ट्रपति कार्यालयका सचिव मरासिनीलाई राष्ट्रिय योजना आयोगमा ल्याइएको छ । भने, गण्डकी प्रदेश सरकारकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेतलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले बिहीबार गृह मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडीलाई समेत नियुक्त गरेको थियो ।
भने, वागमती प्रदेशका कायम मुकायम प्रमुख सचिवको रूपमा काम गर्दै आएका गोविन्द बहादुर कार्कीलाई सचिवमा बढुवा गर्दै बागमती प्रदेश सरकारको प्रमुख सचिवमा खटाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्