images
images
images

प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार घोषणा

images

पूर्वाधार वाच, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीले यही भदौ २७ गते हुने नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं
निर्वाचनका लागि प्रगतिशील इन्जिनियर्स एसोसिएसनको उम्मेदवार समूहलाई शुभकामना दिएका छन् ।

ई. प्रा. डा. विष्णुप्रसाद पाण्डे समूहको उम्मेदवार घोषणा कार्यक्रममा संक्षिप्त मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले योग्य र सक्षम समूह भएकाले यसले विजय हासिल गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले निर्वाचनमा सफलता हासिल गरी मुलुक बनाउने अभियानमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

‘यो समूह चुनावमा उठ्नका लागि उठाए जस्तो मात्रै देखिएको छैन । यस क्षेत्रलाई ऊर्जाशील बनाएर राष्ट्र निर्माणमा लाग्न सक्षम समूह देखिएको छ । तपाईँहरूले चुनाव जितेपछि बसेर सविस्तार कुरा गरौँला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्