images
images
images

अपर स्याङ्गे हाइड्रोपावरले लाभांश प्रस्ताव नगरी बोलायो साधारण सभा

images

पूर्वाधार वाच, काठमाडौं ।

अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, कुण्डलिनी दरबार ब्यांकेट, चप्पल कारखाना चोक, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । यसले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१–८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनार्थ कम्पनीले असोज ४ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ असोज २ गतेसम्म कायम सेयरणधनीले मात्र सभामा भाग लिन पाउनेछन् । असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा पर्ने हुँदा त्यस दिन सेयर बजार बन्द हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्