images
images
images

मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षकविरुद्ध मुद्दा

images

पूर्वाधार वाच, काठमाडौं।

मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीको परिवारसँग पैला लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ ।

सुवेदीले साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी प्रतिवादीका दाजुसँग ९९ हजार रुपैयाँ घुस लिएको उजुरी परेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सुवेदीले घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हो ।

सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ‘१’ बमोजिमको कसुरमा बिगो ९९ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ‘१’ को देहाय ‘ग’ बमोजिम कैद सजाय माग गरिएको छ ।

त्यस्तै सोही ऐनको दफा ३ को उपदफा ‘१’ अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेको भनाई छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्