images
images
images

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवाली नियुक्त

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।

बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।

ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्