images
images
images

तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा सञ्चालनमा

images

पूर्वाधार वाच, बैतडी ।

यहाँ वर्षाका कारण तीन दिनदेखि अवरुद्ध विद्युत् सेवा आजदेखि सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलले वर्षाले यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनअन्तर्गत विभिन्न क्षेत्रमा २० विद्युत्का खम्बा ढलेकाले सेवा अवरुद्ध भएकामा आजदेखि सेवा सञ्चालनमा आएको जानकारी दिए ।

उनले भने, ‘लगातारको वर्षाले यहाँ २० बिजुलीका पोलहरू ढलेका कारण सेवा अवरुद्ध भएको थियो । मर्मत गरेर आजदेखि विद्युत् सेवा सञ्चालन गरिएको छ ।’ वर्षाका कारण प्रभावित भएको जनजीवन आजदेखि सामान्य बन्दै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्