images
images
images

विशेष अदालतको फैसलामा चित्त नबुझेपछि अख्तियारद्वारा ११ मुद्दामा पुनरावेदन

images

पूर्वाधार वाच, काठमाडौं ।

विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ११ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

पुनरावेदन गरिएका मुद्दा घुस तथा रिसवत् लिएको नक्कली कागजपत्र पेस गरेर शिक्षकमा नियुक्ति लिएर भ्रष्टाचार गरेको, नभएको पद पाएको भनी नियुक्ति लिएर तलब भत्तासमेत लिएर सरकारलाई नोक्सानी पुऱ्याएको विषयसँग सम्बन्धित छन्।

यी मुद्दामा विशेष अदालतबाट त्रुटिपूर्ण फैसला भएको र ती फैसलालाई बदर गर्दै प्रतिवादीलाई हदैसम्मको कारबाही गर्नुपर्ने जिकिरसमेत आयोगले पुनरावेदनमार्फत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्