पूर्वाधार वाच, काठमाडौं ।
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो ।
निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्