images
images
images

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको सरुवा

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई सरुवा गरेको छ ।

सरकारले गरेका ४० जना सहसचिवको सरुवामा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत परियारको पनि सरुवा भएको हो ।

गत भदौ २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरुको सरुवा गर्ने निर्णय गरेको हो ।

परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ । काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको करिब आठ महिनामा नै परियारको सरुवा गरिएको छ । परियार गत माघमा महानगरमा आएका थिए ।

परियारको सरुवा भएसँगै काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईलाई पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्