दिपेश रोक्का, काठमाडौं ।
गायक शिव परियार र गायिका उषा गजुरेलको स्वरमा रहेको आमा बोलको गीत राजधानीमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ ।
सार्वजनिक गरिएको गीतमा आमा छोरा र श्रीमती बिचको कथा रहेको छ । भिडियोमा हेर्दा आमा र श्रीमतीलाई छोडेर छोरोले विदेशिनु परेको पीडालाई भिडियोमा देखाउन खोजिएको छ ।
विद्या कार्की, उषा गजुरेल आदित्य ठकुरी लगायत कलाकारहरूले म्युजिक भिडियोमा अभिनय गरेका छन् । राजन राई अलंकार स्टुडियोमा रेकर्ड गरिएको हो ।
शब्द संगीत अभी सुनुवारको रहेको छ । निकेश खड्काले भिडियोलाई निर्देशन गरेका हुन । सम्राट दाहाल र डा. युवराज कँडेल भिडियोको निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्