images
images
images

संसद्को चालु अधिवेशन अन्त्य

images

पूर्वाधार वाच, काठमाडौं ।

प्रतिनिधि सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधि सभाको चालु चौथो अधिवेशन सोमवार ‘आज’ राति १२ बजेदेखि अन्त्य हुने भएको हो ।

आजको बैठकमा बोल्दै सभामुख देवराज घिमिरेले राति १२ बजेदेखि चालु चौथो अधिवेशन अन्त्य हुने जानकारी दिए।

सरकारले चालु अधिवेशन अन्त्यका लागि हिजो ‘आइतबार’ राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गरेको पत्र संघीय संसदलाई पठाएका थिए ।

राष्ट्रपतिले पठाएको सो पत्र पढ्दै सभामुख घिमिरेले अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । – न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्