पूर्वाधार वाच, काठमाडौं ।
शिव श्री हाइड्रोपावर लिमिटेडले असोज २३ गते वार्षिक साधारण सभा बोलाएको छ । भदौ ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले अघिल्लो आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
कम्पनीको नियमावलीको नियम २७ (२)को व्यवस्था संशोधन प्रस्ताव सभाका लागि तय भएको छ । लाभांश प्रस्ताव भने कम्पनीले गरेको छैन ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १५ गते एक दिन बुक क्लोज गर्ने जानकारी कम्पनीले दिएको छ । बुक क्लोजको आधारमा असोज १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्