images
images
images

संविधान दिवसको पूर्वसन्ध्यामा दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी

images

पूर्वाधार वाच, काठमाडौं ।

संविधान दिवसको पूर्वसन्ध्यामा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको स्रेस्तेदार रामु शर्माले जानकारी दिए। उनले संविधानबिरोधी एवं राजतन्त्रको पक्षमा सडकसमेत तताउदै हिडेका छन् ।

उनका अनुसार प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरूद्ध पनि पुर्जी जारी भएको हो।

उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐन अनुसारको कसुर गरेको भन्दै पुर्जी जारी भएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्