पूर्वाधार वाच, काठमाडौं ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको दुई महिनामै गत वर्षको वर्षदिनको भन्दा बढी राजश्व शेयर कारोबारबाट संकलन गरेको दाबी गरेका छन् ।
बुधवार नेप्से कार्यालयमा पुग्नुभएका अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षभर शेयर कारोबारबाट ५ अर्बको हाराहारीमा राजश्व संकलन भएको तर यस वर्षको दुई महिनामै करिव पौने सात अर्ब बराबरको राजश्व संकलन गर्न सरकार सफल भएको दाबी गरेका हुन् ।
उनले चालु आर्थिक वर्ष ०८१/८२ मा शेयरबजारबाट साउनमा ४ अर्ब २३ करोड र भदौ महिनामा दुई अर्ब ५७ करोड राजश्व संकलन भएको बताए । उनले ३ हजार ४० मा पुगेको नेप्से एकाएक २५ सयमा कसरी झ-यो भन्दै प्रश्न गरे।
उनले आफूले सो कुराको सही जवाफ नपाएसम्म स्वयं र कर्मचारीहरुलाई सोधिरहने बताए। उनले नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको बताए।
राजनीतिक रुपले अहिले पुँजी बजार नघटेको भन्दै पुँजी बजार बढाउन आवश्यक कदमहरु चाल्न सरकार तयार रहेको बताए।
उनले भने,‘अहिले नेपालको पुँजी बजार र पुँजी बजारको सम्भावना, यसले भोगिरहेका समस्या, समाधानका उपायका विषयमा संस्थागत संरचनाहरु भित्र पनि, सम्बन्धित संस्थाहरुभित्र पनि र सार्वजनिक रुपमा पनि काफी छलफल, बहस हुने गरेको छ । सुझाव, टिप्पणीहरु आउने गरेका छन् । त्यो सबै प्रकारको छलफल, बहसलाई, सुझाव र टिप्पणीलाई सकारात्मक रुपमा लिन चाहन्छु । सरकार पुँजी बजारको दिगो, भरपर्दो र विश्वसनीय विकासको पक्षमा छ । दिगो, भरपर्दो, विश्वसनीय कसरी हुने रु यो चाहीँ हाम्रो सामुन्नेमा उठेको प्रश्न हो । यसको सही जवाफसहित हामी उपस्थित हुनुपर्छ । नेप्सेको काम कारबाहीको सन्दर्भमा, यसले गरेका कामहरुका बारेमा, भोगेका समस्याका बारेमा जानकारी लिन आउने योजना नै थियो । आज पछिल्ला दिनहरुमा पुँजी बजारमा जस्तो ट्रेण्डहरु देखियो, यसले मेरो मनमा प्रश्न उठ्यो । किन भन्ने प्रश्न उठाइदियो । यो बुझ्न ढिलो गर्नु हुँदैन भनेर आज नै आएको छु । चाल्नुपर्ने कदमका बारेमा पनि ढिलो गर्नु हुँदैन भन्ने अनुभुति भइसकेपछि यहाँ आएको छु । पोल्टिकल सिनारियाले पनि बजार प्रभावित हुन्छ भन्नुभयो । हप्ता, दश दिनका घटनाहरु हेर्दा त त्यस्तो कुनै राजनीतिक घटनाक्रम भएको छैन । नयाँ पोल्टिकल इभेण्ट्स देखिएको छैन । तर पुँजी बजारको प्रवृत्तिमा भने केही प्रश्न छ । हाम्रो पुँजी बजार दैनिक ३० अर्बको हाराहारीमा कारोबारमा पुगेको थियो । आज आइपुग्दा पाँच,६ अर्बको अवस्थामा छ । मेरो मनमा प्रश्न उब्जियो, यो किन भयो रु किन ३० अर्बको हाराहारीमा पुग्यो, किन ५/६ अर्बको अवस्थामा झ-यो । अघिल्लो वर्ष हामी वर्षभरमा हाम्रो राजश्व ५ अर्बको हाराहारी संकलन भएको थियो । अहिले एक महिनामै ४ अर्ब २३ करोड, भदौमै पनि दुई अर्ब ५७ करोड गरिकन हामीले करिव करिव लगभग पौने सात अर्ब जति राजश्व संकलन गरेका छौँ । नेप्से ३ हजार ४० मा पुगेको थियो, अहिले २५८० सयको आसपासमा छ । किन हाम्रो मार्केट यस्तो भयो रु यो मेरो मनमा उपस्थित प्रश्न हो । म आज यि प्रश्नहरुको जवाफ खोज्न आएको हुँ । जवाफ नभेटेसम्म मेरो जवाफ खोज्ने अभियान जारी रहन्छ । यि प्रश्नहरुको जवाफ चाहिएको छ । यो प्रश्नको जवाफ मसँगै खोज्छु, सचिवज्यु, जिम्मेवारी लिएका सबैसँग खोजिरहेको छु ।’
उपप्रधानमन्त्री पौडेलले प्रविधिबारे अपडेट हुन टाइम बाउण्ड क्यालेण्डर बनाइ काम गर्न पनि सम्बन्धित सरोकारवाला निकायहरुलाई निर्देशन दिए । उनले जनशक्ति व्यवस्थापनको योजना बनाउन, गुणस्तरीय सेवा प्रवाहमा जोड दिन पनि निर्देशन दिए ।
नेप्सेले लगानीकर्ताको विश्वास जित्ने, लगानीकर्ताको लगानी सुरक्षित गर्ने र स्वस्थ प्रतिष्पर्धालाई प्रवद्र्धन गर्न जोड दिए ।
पुँजी बजारका समस्या पहिचान गरी शिघ्र समाधानमा लाग्नुपर्ने बताए । सरकारले पुँजी बजारको दिगो, भरपर्दो विकासका पक्षमा काम गरिरहेको बताए । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्