images
images
images

पूर्व-पश्चिम राजमार्ग : बर्दिबास खण्डको सडकपेटी बिचौलियाको कब्जामा

images

पूर्वाधार वाच, महोत्तरी ।

मधेश प्रदेशको व्यस्त सडक मानिएको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बर्दिवास सडक खण्डमा  ठेलागाँडा मजदुरहरुसगँ पैसा असुल गरेर सडक जाम गराउने गरेको खुलासा भएको छ ।

जनही ३ सयदेखि ९ सयसम्म पैसा अशुल गरेर  सडकपेटीलाई कमाउने धन्दा वनाउने गरेको तथ्य वाहिरिएपछी बर्दिवास नगर क्षेत्रमा सडकको थप अस्तव्यस्तताको कारक  खुलासा भएको हो ।

सडक किनारामा राखिएका ठेलागाँडा पशलहरुले ९ सय रुपैयाँ दिने गरेको स्विकार गरेका छन । ‘म जहिल्यै ढल्केवरवाट ठेलामा सामन ल्याएर याँहा वेच्ने गर्छु ।’ दिपक भनिने एक ठेलाव्यापारीले भने । ‘पैसा दिएपछि खासै समस्या पनि हुँदैन त्यसैले अन्य साथीहरु पनि वाहिरवाट याँहा नै आउनुहुन्छ ।’

अन्य ठाउँमा  सामान लिएर जाँदा व्यापार नहुने र बर्दिवासका सडक किनारामा राख्दा भनेजस्तो व्यापार चल्ने हुँदा खुसीले नै उक्त पैसा दिने गरेको उनिहरुले वताएका छन ।

सडकपेटीहरु अस्तव्यस्त भएको व्यापक जनगुनासो वढीरहेको भन्दै बर्दिवास नगरपालिकाले विहानवेलुका केही कर्मचारी र नगर प्रहरी समेत खटाउने गर्दछ ।

तर यस्का वावजुत पनि सडकको दुरावस्था यथावत रहिरहेको वेला ठेलागाँडाहरुसगँ पैसा उठाएर संरक्षण गरिएको तथ्यले आम मानिसहरुलाई झस्काएको छ ।

कस्लाई दिन्छन पैसा ?

ठेला व्यापारीहरुले पैसा उठाएर दिनेश भनिने अर्को व्यापारीलाई दिने र उन्कै माध्यमवाट पैसा समबन्धित ठाउँमा पुग्ने गरेको पाईएको छ ।

यता दिनेशले उक्त पैसा संकलन गरेको स्विकार गरेका छन । वजारको ठेक्का पाएका विजय महतोको निर्देशनमा उक्त पैसा अशुल गरेको उन्ले वताए ।

‘मैले पैसा संकलन गरेको नै हौ । तर त्यो पैसा विजय महतोलाई दिने गरेको छु ।’ उन्ले भने । ‘यति भएपछि याँहा नै राखेर निर्वाधरुपमा व्यापार गर्न पाईन्छ ।’

ठेलाको लागि औरही सडक खण्डमा ठाउँ निर्धारण गरेतापनी त्याँहा व्यापार नहुने गरेको उनिहरुको भनाई छ । मुख्य राजमार्गको छेउछाउमा भनेजस्तो व्यापार हुने भएकाले उक्त पैसा दिन वाध्य भएको आधा दर्जन ठेला व्यापारीहरुको हामिलाई अडियो रेकर्ड समेत प्राप्त भएको छ ।

बजारको ठेक्का पाएका विजय महतोले पनि  पैसा आफुलाई ठेलागाँडावालाहरुले मनखुसीले दिएको र उक्त पैसा लिएको स्विकार गरेका छन । ‘मलाई माछामासु खानु भनेर उनिहरुले नै दिएका हुन । मैले मागेको हैन ।’उन्ले भने । ‘यसमा नगरपालिकाका कर्मचारीहरुको कुनै हात छैन ।’

तर सडक पेटीमा अनाधिकृतरुपमा ठेला तथा अन्य पशलहरु राखेर सडक अस्तव्यस्त वनाउनेहरुलाई हटाउने जिम्मेवारी लिएका उनिहरुले ठेलागाँडाहरुलाई किन हटाएनन भन्ने गम्भीर प्रश्न वनेको छ ।

‘विजय महतोको माध्यमवाट सवै विषय बाहिर आउन सक्छ ।’ स्थानिय व्यवसायी गुन्ज कार्कीले भने । ‘जिम्मेवारी लिएर हरेक क्षेत्रलाई गरिखाने भाडो वनाउने जोकोहीलाई कडा कारवाही गर्नुपर्छ ।’

कर तिरेर व्यापार गर्ने व्यापारीहरुको मर्म विपरित गरिएको कार्य दु:खद छ : उधोग बाणिज्य संघ

कर तिरेर औपचारिकरुपमा व्यापार गर्नेहरुको मर्म विपरित सडकपेटीलाई निजि सम्पत्ती वनाएका जोकोहीलाई कानुनी दायरामा ल्याउनुपर्ने उधोग बाणिज्य संघका अध्यक्ष बिष्णु खडकाले वताए ।

नगरपालिकाको संरक्षण देखिनेगरी ठेलागाँडा व्यापारीहरुसगँ पैसा असुल्नु दुस्खद भएको वताउदै खडका दुर्घटनाको कारक एकातिर वन्ने र अर्कोतिर स्थानिय व्यापारीहरु उपेक्षामा परेको वताउछन ।

‘विजय महतो भन्ने व्यक्तिले कस्को निर्देशनमा ठेलागाँडा त्याँहा राख्न दिए भन्ने बिषय महत्त्वपूर्ण हो ।,’ अध्यक्ष  खडकाले भने । ‘यदि उनी आफैले त्यो वातावरण सिर्जना गरेका हुन भने कुन कानुनमा आधारित भएर गरेका हुन त ?’

ठेला गाँडामा राखिएका पशलहरुको कारण अस्तव्यस्त वनिरहेको सडकको विषयलाई लिएर पत्रकारहरुले केहीदिन अगाडि जिल्ला ट्राफिक कार्यालयमा समेत सामुहिक ध्यानाकर्षण जनाएका थिए ।

नगर प्रवक्ता विजय महतोले भने यस्को विषयमा छानविन गर्ने वताएका छन । ‘वजार व्यवस्थापन समितीमा छलफल गरेर वुझ्नेछु ।’ प्रवक्ता महतोले भने । ‘मलाई पनि थाहा थिएन यस्लाई गम्भिररुपमा लिएका छौ ।’ – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्