पूर्वाधार वाच, काठमाडौं ।
नेपालमा अल हरमिनका परफ्युम पाइने भएको छ । युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनका उत्पादन नेपाली बजारमा पाइने भएको हो । बुधवार काठमाडौंमा एक कार्यक्रम गरि अल हरमिनका परफ्युमको उत्पादन सार्वजनिक गरियो ।
युएईको प्रतिष्ठित परफ्युम ब्राण्ड मध्येको एक अल हरमिनले विश्वका दर्जन बढी देशमा आफ्ना उत्पादनहरु विक्री, वितरण गर्दै आएको छ ।
नेपालमा इना सेन्टरले भित्राएको अल हरमिनका उत्पादन काठमाडौंका विभिन्न आउटलेटमा पाइनेछ । नेपालमा फेसन ट्रेन्डसँगै गुणस्तरीय परफ्युम इतर प्रयोग गर्नेको संख्या बढेको इना सेन्टरका प्रमुख उद्धव बर्तौलाले बताए। पछिल्लो समय स्तरीय परफ्युमको माग बढीरहेको पनि उनले बताए।
नेपाली बजारमा सयभन्दा बढी ब्राण्डका परफ्युम उपलब्ध छन् । सामान्य परफ्युमदेखि ३० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने परफ्युम बजारमा उपलब्ध छ ।
विश्व बजारमा युरोपेली देशमा उत्पादन भएका परफ्युमलाई मध्यपूर्वका उत्पादनले विस्थापित गर्न थालेको छ । – न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्