images
images
images

‘बीआरआई परियोजना कार्यान्वयनमा ल्याउन ढिलाई गरिनु हुन्न’

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले चीनसँग सम्झौता गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ ‘बीआरआई’ परियोजना कार्यान्वयन गर्न ढिलाई गर्न नहुने बताएका छन्।

काठमाडौँमा बीआरआई परियोजना कार्यान्वयनसम्बन्धी दुई मुलुकका अधिकारीहरुबीचको छलफल कार्यक्रममा बोल्दै ‘बीआरआई’ परियोजना कार्यान्वयनको आवश्यकता औंल्याएका हुन्।

पूर्वअध्यक्ष तिमिल्सिनाले सो परियोजनाबाट नेपालले लाभ लिनेमा शंका नगर्न आग्रहसमेत गरे। उनले सो परियोजनाबारे जनतामा विद्यमान भ्रमलाई चिर्नका लागि त्यसबाट नेपालले पाउने लाभबारे जनस्तरमा नै व्यापक छलफल चलाउनुपर्ने जरुरी रहेको बताए।

बीआरआई परियोजनाका कारण श्रीलंकामा समस्या आएको भन्ने कुरा सत्य नभएको पनि पूर्वअध्यक्ष तिमिल्सिनाले स्पष्ट पारे। उनले नेपालले भारत, चीन वा कुनै पनि तेस्रो मुलुकबाट जनताको हित हुने गरी लाभ लिने कुरामा पछि पर्न नहुनेमा जोड दिए।

उनले भने, ‘बीआरआईमा जब हामीले सहमती गर्‍यौँ, सम्झौता गरिसकेका छौँ। अब यसमा यो पार्टी, त्यो पार्टी भन्ने कुरा छैन। कांग्रेस पार्टी नेतृत्वमा हुँदा कांग्रेस पार्टीको तर्फबाट मन्त्री हुँदाखेरी हस्ताक्षर भएको छ। कम्युनिष्ट पार्टीको तर्फबाट हस्ताक्षर भएको छ सरकारमा भएको बेलामा। यस्ता सहमति भइसकेका कुराहरुलाई अब बुँदागत ढंगले कुन–कुन कुरालाई कसरी कार्यान्वयन गराउनेरु कति छिटो त्यसलाई कार्यान्वयन गरेर लाभ लिने भन्ने कुरामा सोच्नुपर्ने हुन्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्