पूर्वाधार वाच, काठमाडौं ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले असोजभित्र राष्ट्रिय भूमि आयोग गठन हुने दाबी गरेका छन् । आइतबार मन्त्रालयमा नेपाल जातीय उत्पीडित मुक्ति समाजसँगको साक्षात्कारमा मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।
पार्टीले समेत जग्गाको समस्या पहिलो प्राथमिकतामा राखेको बताउँदै छिट्टै आयोग बनाएर भूमि समस्या हल गरिने उनले बताए ।
गत चैतमा सरकारले भूमि आयोग खारेज गरेको थियो ।मन्त्री बनेसँगै अधिकारीले पटक पटक भूमि आयोग गठन हुने उद्घोष गर्दै आएका छन् ।
यस्तै नेपाल उत्पीडित जातीय मुक्ति समाजका इन्चार्ज एवं , नेकपा एमालेका पोलिटब्युरो सदस्य जितु गौतमले भूमि आयोग गठन हुँदा दलित समुदायको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने बताए ।
भूमिहीन र सुकुम्बासीमध्ये अधिकांश दलित समुदाय नै रहेको भन्दै पूर्वमन्त्री समेत रहेका गौतमले यसमा सरकार गम्भीर बन्नुपर्नेमा समेत जोड दिए ।
मुक्ति समाजले भूमिहीन एवं गरिब दलितहरूको जमिनमा पहुँचको माग गर्दै मन्त्री अधिकारीलाई ४ बुँदे माग पत्र समेत बुझाएको छ ।
४ बुँदे मागसहित नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेल लगायत नेकपा एमाले निकट दलित अगुवाहरुको टोली सरकारको ध्यानाकर्षण गर्न मन्त्रालयमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्