images
images
images

४३ उपसचिवको सरुवा तथा पदस्थापन, ५ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी (सूचीसहित)

images

पूर्वाधार वाच, काठमाडौं ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४३ जना उपसचिवको सरुवा तथा पदस्थापन र ५ जना उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ । आइतबार मन्त्रालयले सो संख्यामा उपसचिवहरुको कार्यविभाजन गरेको हो । जसमा मन्त्रालयले मन्त्रालयकै अतिरिक्त समूहमा रहेका उपसचिवलाई पदस्थापन गरेको हो । भने केही उपसचिवलाई सरुवा गरिएको हो ।

सरुवा सूचीअनुसार ५ जना उपसचिवलाई विभिन्न स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमध्ये मन्त्रालयको अतिरिक्त समूहमा रहेका भविश्वर घिमिरेलाई प्यूठानको स्वर्गद्वारी नगरपालिका, चेतराज बराललाई स्याङजाको चापाकोट नगरपालिका, मनिता श्रेष्ठलाई सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका, छविलाल नेपालीलाई अछामको कमलबजार नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यस्तै राष्ट्रिय योजना आयोगमा कार्यरत उपसचिव गंगाधर पौडेललाई बागलुङको गलकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

सूचीसहित…

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्