पूर्वाधार वाच, काठमाडौं ।
न्युज अफ नेपालका सम्पादक तथा नेपाल समाचारपत्र दैनिकका समाचार प्रमुख दीपक रिजाललाई प्रेस काउन्सिल नेपालले सम्मान गरेको छ ।
काउन्सिलको ५५ औं वार्षिकोत्सवको अवसरमा पत्रकारिता क्षेत्रमा निरन्तर क्रियाशील रही विशेष योगदान पुर्याएका रिजाललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पुरस्कार राशिसहित सम्मान गरेका हुन्।
रिजाल झण्डै ३ दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् । धादिङमा जन्मिएका वरिष्ठ पत्रकार रिजाल सुरक्षा, राजनीति लगायतका विषयमा विशेष कलम चलाउँछन् ।
आफू सम्पादकको जिम्मेवारीमा रहे पनि रिजाल नियमित रिपोर्टिङ एवं पत्रिकाका बाइलाइनमा भेटिन्छन् । उनले पत्रकारिता विधाका विभिन्न दर्जनौं सम्मान एवं पुरस्कार पाइसकेका छन् ।
यस्तै काउन्सिलले सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका पूर्वअध्यक्ष बद्री सिग्देल, गोपालदास स्मृति पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस इन्स्टिच्यूट र अन्नपूर्ण पोष्टका प्रधानसम्पादक अखण्ड भण्डारी, क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका महासचिव एवं नागरिक दैनिकका आर्थिक ब्युरो प्रमुख दिलिप पौडेल सम्मानित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्