पूर्वाधार वाच, काठमाडौं ।
प्रेस काउन्सिल नेपालले सह प्रशासकीय अधिकृत रामशरण बोहरालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरेको छ । काउन्सिलका सूचना अधिकारी तथा सहप्रवक्ता समेत रहेका बोहराले यस वर्षको प्रेस काउन्सिल उत्कृष्ट कर्मचारी पुरस्कार पाएका हुन् ।
आइतबार उनलाई सो पुरस्कार प्रदान गरिएको छ । यस्तै मिडिया अनुगमनकर्ता विशालप्रसाद पौडेलले काउन्सिलको उत्कृष्ट कर्मचारी पुरस्कार पाएका छन् ।
काउन्सिलले हरेक वर्ष आफ्नो स्थापना दिवसका अवसरमा पत्रकार एवं कर्मचारीहरुलाई पुरस्कृत गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्