images
images
images

विद्युत् महसुल र नदीको टेण्डरबारे फतुवा विजयपुर प्रशासनलाई ज्ञापन पत्र

images

पूर्वाधार वाच, रौतहट । 

मेयर विहीन रौतहटको पश्चिमी भेग फतुवा विजयपुर नगरवासीको विद्युत् महसुल तिर्न र लाल बकैया नदीको टेण्डर आह्वान गर्न सर्वदलीय समितिले ज्ञापन पत्र बुझाएको छ। सर्वदलीय सर्धष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएको टोलीले फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहलाई  ज्ञापन पत्र बुझाएको हो ।

नगर क्षेत्रका सबै नागरिकको गत असार मसान्त देखि यस आर्थिक वर्षको विद्युत् महसुल बुझाउनु पर्ने, लाल बकैया नदीको तत्काल टेण्डर आह्वान गर्नुपर्ने ज्ञापन पत्र मार्फत माग गरिएको छ । त्यसै गरी लाल बकैया नदीबाट हाल भइरहेको नदी जन्य पदार्थको चोरी तस्करी, अवैध निकासी तत्काल रोक्नुपर्ने र टेण्डर पश्चात मानव जनशक्ति लगाई बालुवा गिट्टी उत्खनन गर्ने, ट्याक्टरबाट ढुवानी गर्नुपर्ने, जेसिवी डोजर, टिपरलाई नदीमा प्रवेश निषेध गर्नुपर्ने माग गरिएको छ ।

लाल बकैया नदीमा जेसिवी, डोजर, टिपरको प्रयोगले नदीमा अनियन्त्रित उत्खनन हुने र स्थानीय  गरिब विपन्न मजदुरहरू बेरोजगार हुने गरेको सर्वदलीय बैठकको निष्कर्ष रहेको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७७/०७८ र २०८०/०८१को फतुवा विजयपुर नगरपालिकाको सबै शिर्षसकहरूको आम्दानी खर्चको प्रमाणित कागजातहरू नियमानुसार उपलब्ध गराइनु पर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

सर्वदलीय संघर्ष समितिका अध्यक्ष शिवपुजन यादवको नेतृत्वमा गएका ज्ञापन पत्र बुझाउने टोलीमा समाजवादीका बुधाई खान, माओवादीका लालबाबु पटेल, केशव शिवाकोटी, एमालेका उपेन्द्र यादव, कांग्रेसका कुमार शिवाकोटी, जसपाका विजय चौधरी, आमजनता पार्टीका प्रतिनिधि तथा पूर्व वडा अध्यक्ष दीप नारायण साह लगायतको सहभागिता रहेको थियो।

ज्ञापन पत्र  बुझ्दै प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार साहले सम्पूर्ण माग लाई नगर कार्यपालिका बोर्डको बैठकमा पेस गरी हुने निर्णय अनुसार अविलम्ब कार्यान्वयन लागी पहल गर्ने प्रतिबद्धता जनाएको संघर्ष समितिका अध्यक्ष यादवले जानकारी दिएका छन् ।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन मेयर गोपाल राय यादव गत निर्वाचन लगत्तै लाल बकैया नदीको टेण्डरको मुद्दामा अख्तियारसँगै विशेष अदालतबाट भ्रष्टाचारी ठहर भयसँगै उनी निलम्बित भएका थिए ।

उनी निलम्बित भएपछि उपमेयर अम्बेया खातुन कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन् । तर दुई वर्षको कार्यकालमा हालसम्म लाल बकैया नदीको टेण्डर हुन सकेको छैन ।

कार्यवाहक मेयर खातुनको पहलमा गत आर्थिक वर्षमा नगरभरिका नागरिकको विद्युत् महसुल एकमुष्ट पालिकाले नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखालाई बुझाएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्