दिपेश रोक्का, काठमाडौ ।
मोरङको कानेपोखरी ६ रमाइलोमा यतिबेला उज्ज्वल भविष्य बाल क्लबको आयोजनामा शुक्रबारदेखि बोन्च कप फुटबल प्रतियोगिता चलिरहेको छ ।
एक हप्तासम्म चल्ने फुटबल प्रतियोगितामा स्थानीय टिम लगायत बाहिरी जिल्लाका टिमले पनि सहभागिता जनाएका छन् । फुटबल हेर्नको लागि आउने दर्शकहरूको उपस्थिति पनि निकै बाक्लो रहेको छ ।
बोन्च कपदेखि सुरुवात भए पनि सिल्भर र गोल्ड कपसम्म गराउने योजना रहेको क्लबका संरक्षक नवीन श्रेष्ठले बताए । उज्ज्वल भविष्य बाल क्लबले स्थापना कालदेखि नै समाजमा विभिन्न सामाजिक काम गर्दै आएको एक सामाजिक संस्था हो ।
यस संस्थाले विभिन्न खेलकुदका कार्यक्रमहरू पनि गर्दै आएको छ । यस संस्थाले १००० भन्दा बढी बालबालिकालाई साथ सहयोग गरी १०० घर परिवारको आर्थिक अवस्था कमजोर भएकाहरुलाइ सहयोग गरी सकेको क्लब सचिव उपेन्द्र पौडेल ले बताए ।
खेल संयोजक नगेन्द्र घिसिङ रहेका छन् । यस संस्थाले खेल क्षेत्रको लागि मोरङ जिल्लाको परिचित गोल किपर सुशील कार्की र सुमित राई खेल संरक्षणका निमित्त यस संस्थाबाट प्रतिनिधित्व गरिरहेका छन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्