images
images
images

नेप्सेमा ४९ अंकको वृद्धि, ४ अर्ब ८१ करोडको कारोबार

images

पूर्वाधार वाच, काठमाडौं ।

नेप्सेमा आज ४९ अंकको बढेको छ । बुधबार नेप्से ४९.१३ अंकले बढेर २५१९.५७ विन्दुमा रोकिएको हो ।

आज ३२७ कम्पनिको कारोबार हुदा एक करोड २४  लाख ९८ हजार ९८९ कित्ता शेयर ४ अर्ब ८१ करोड ३२ लाख २३ हजार ४ को खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, न्यादी हाइड्रो, युनिक नेपाल लघुवित्त, सगरमाथा जलविद्युत र थ्री स्टार हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज हिमालयन हाइड्रोको शेयर मुल्य सर्बाधिक ६.३६ प्रतिशतले घटेको छ ।

त्यसैगरी आज एनएलजी इन्सुरेन्सको सबै भन्दा बढी १५ करोड ६४ लाख १७ हजार ७८७ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज हाइड्रोइलेक्ट्रीसिटीको शेयरको सबैभन्दा बढी ५ लाख ५४ हजार ८४८ कित्ता शेयर कारोबार भएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्