images
images
images

चन्द्रपुरमा अवैध सालको काठ बरामद

images

पूर्वाधार वाच, रौतहट ।

पुर्व-पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुरस्थित प्रहरीले अवैध सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको गस्ती टोलीले चन्द्रपुर ४ जंगल टोल स्थित अबैध रुपमा जंगलबाट चोरी निकासी गरी ४ वटा साईकलमा १२ वटा सालको फल्ली  ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो ।

प्रहरीको गाडी मोबाईल टोलिलाई देखी साईकल र काठ छाडी मानिसहरु फरार भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् ।

बरामद २० क्युफिट भन्दा बढी काठ र साईकल नियन्त्रणमा मानिसहरु खोजी तथा थप बुझ्ने कार्य भईरहेको र काठ ,साईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्