images
images
images

विपद् व्यवस्थापनमा ललितपुर महानगरलाई ‘नम्बर वान’ बनाउन चाहन्छौंः मेयर महर्जन

images

पूर्वाधार वाच काठमाडौं ।

ललितपुर महानगरपालिकालाई विपद् व्यवस्थापनमा पहिलो महानगरपालिका बनाउन चाहेको मेयर चिरीबाबु महर्जनले बताएका छन्।

बुधवार ललितपुरमा आगलागी नियन्त्रण सचेतना अभियान शुभारम्भ गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेका हुन्। मेयर महर्जनले ललितपुरको महानगर क्षेत्रमा विपद् व्यवस्थापनका लागि ४ मिनेटभित्र आवश्यक दमकललगायत सामग्री पुर्‍याई सक्नेगरी योजना तय गरिएको पनि बताए।

हाम्रो उद्देश्य भनेको नेपालमा रहेको २९३ वटा नगरपालिकाहरुमध्ये विपद्मा ललितपुर महानगरपालिका पहिलो बनाउनु रहेको उनको भनाइ थियो। मेयर महर्जनले तत्काल विपद् व्यवस्थापनका लागि आफ्नो तर्फबाट गर्नुपर्ने काम राम्रोसँग अघि बढाएको दाबीसमेत गरे।

उनले विपद् व्यवस्थापनका लागि पुल्चोक दमकल सेन्टरलाई केन्द्र भागमा राखेर अन्य ठाउँमा पनि ४ वटा सवस्टेशन बनाउने गरी अध्ययन गराइएको र सो कामलाई चालु वर्षभित्रैबाट शुरु गर्नेसमेत जानकारी दिए।

मेयर महर्जनले भने, ‘हाम्रो उद्देश्य भनेको नेपालमा २९३ वटा नगरपालिकाहरु छन् भने ती सबै नगरपालिकाहरुमध्ये विपद्मा हामी ललितपुर महानगरपालिका नम्बर वान हुन चाहन्छौ। यसका निमित्त हाम्रो तर्फबाट गर्नुपर्ने काम कुरा एकदमै राम्रोसँग अगाडि बढिरहेको छ। र हालसालै हामीले एउटा अध्ययन पनि गराएका छौँ कि ललितपुर नगर क्षेत्रमा कुनै पनि ठाउँमा विपद् हुँदाखेरी ४ मिनेट भित्रमा हाम्रो विपदका अवयव दमकल, एम्बुलेन्सलगायत सामग्रीको त्यो ठाउँमा पुग्नुपर्छ भन्ने किसिमको अध्ययन गरिएको छ। त्यही प्रतिवेदनअनुसार ललितपुर महानगर क्षेत्रमा पुल्चोकको जुन दमकल छ। त्यसलाई सेन्टरमा पारेर ४ वटा थप ठाउँमा सवस्टेशन खोल्नुपर्छ भन्ने उनीहरुको सुझाव छ। र सोही सुझाव अन्तर्गत हामीले अहिले यो वर्ष ललितपुर महानगरपालिकाको रातो पुस्तिकामा त्यो बजेटको व्यवस्था पनि गरेका छौँ। तर यो भन्न सजिलो, गर्न महाभारत छ। गर्न धेरै गाह्रो छ। तर पनि यो वर्ष हामी त्यसको शुभारम्भ गर्दैछौं। मलाई जहाँसम्म लाग्छ–१÷२ वर्ष लाग्ला तर त्यो पूरा हुन्छ भन्ने कुरा मैले यहाँहरुलाई निवेदन गरेँ।’

मेयर महर्जनले ललितपुर महानगरपालिकाले आफ्नो महानगर क्षेत्र भित्रको मात्रै नभई ललितपुर जिल्लाका सबै स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा सहयोग गर्ने लक्ष्य लिएको पनि बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्