पूर्वाधार वाच, काठमाडौं।
नेप्सेमा आज ३२ अंकको गिरावट आएको छ । विहिबार नेप्से ३२.८१ अंकले घटेर २४८६.७६ विन्दुमा रोकिएको हो ।
आज ३२२ कम्पनिको कारोबार हुदा एक करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर ४ अर्ब ८४ करोड १४ लाख ७ हजार ७२० को खरिद बिक्री भएको छ ।
नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्तको शेयर मुल्यमा सबै भन्दा बढी ९.८५ प्रतिशतले बढेको छ । त्यस्तै, आज ग्रीन भेन्चर लिमिटेडको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।
त्यसैगरी आज अपि पावरको सबै भन्दा बढी ४७ करोड ९९ लाख ६७ हजार २२४ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै आज अपि पावरकै शेयरको सबैभन्दा बढी १६ लाख ६८ हजार ३७४ कित्ता शेयर कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्