पूर्वाधार वाच, काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रेल्वे सेवा विकासका लागि सरकार व्यवस्थित रुपमा अघि बढेको बताएका छन्।
बिहीबार जनकपुर(जयनगर रेल्वे सेवाको निरीक्षणका क्रममा उनले रेल्वे सेवालाई व्यवस्थित गर्नका लागि नै आफू रेल्वे स्टेशनहरुको स्थलगत निरीक्षणका लागि आएको सुनाए।
‘बर्दिवाससम्मको सञ्जाललाई तुरुन्तै निर्माण गर्ने र त्यहाँदेखि निजगढसम्मको रेल्वे सञ्जाललाई बिस्तार गर्ने र फास्टट्रयाकसँग काठमाडौंलाई जोड्ने गरी तयारी गरिरहेका छौं।’ उनले भने ‘कसरी रेल्वे सञ्चालन गर्ने भन्नेबारेमा टनकपुरदेखि जयनगरसम्मको जुन सञ्चालन भइरहेको छ। यसलाई हामीले सुरुवात गरेका छौं। यसलाई बिस्तारै बिस्तारै वासिङ सेन्टर बनाउँदै छौं। त्यो बनाइसकेपछि हाम्रो घाटा आधा कम हुन्छ। क्रमशः हामी घाटा कम गर्ने, अरु पनि उपाय अपनाउने, मालवाहक ट्रेनको पनि योजना छ। मालवाहक ट्रेन कहिलेदेखि चल्ने भन्ने छ। यो सञ्चालनका लागि भारतसँग पनि केही सम्झौता गर्नुपर्ने छ।’
उनले नेपालको ट्रेन पनि अयोध्यासम्म जाने र भारतको ट्रेन पनि जनकपुरसम्म ल्याउन दिने सोच नेपालको रहेको उल्लेख गरे।
‘भारतसँग पनि हामीले सहयोग लिनुपर्ने भएको छ। भारत र नेपालबीचको सामानहरुको आदानप्रदानको कुरा भएको हुँदा भारतसँग पनि हामी केही विषयमा छलफल गर्छौं। त्यसपछि छिटै नै हामी मालवाहक रेल सञ्चालनको तयारीमा लागिरहेका छौं। भारतसँग रेल्वे सञ्जाल जोड्ने कुराले हाम्रो व्यापारलाई पनि सहयोग गर्नेछ। सांस्कृतिक सम्बन्ध पनि छ। जनकपुरदेखि अयोध्यासम्मको यात्रा छ। पुरानो सांस्कृतिक सम्बन्ध रहेकाले उहाँहरुको प्रस्तावलाई सकारात्मक ढंगले लिएका छौं।’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्