images
images
images

बर्दिवासका १४ घर परिवारलाई दिने मुआब्जाको लागि कानुनी आधार देखिएन : मन्त्री दाहाल

images

पूर्वाधार वाच, महोत्तरी ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बर्दिवास रेल्वे स्टेशन निर्माणार्थ ओइलानी जग्गामा बसोबास गरिरहेकाहरुलाई मुआब्जा दिन सकिने  कानुनी आधार नभएको वताएका छन ।

निर्माणाधिन क्षेत्र वरपर वसोवास गर्दै आएका १४ घर परिवारलाई मुआब्जा प्रदान गर्न कानुनी आधार नभएतापनी क्षतिपूर्ति बापत दिन सकिने वाटोतर्फ सरकार अगाडि बढेको उनको भनाई छ ।

विहिबार भएको पत्रकार भेटघाट कार्यक्रममा लालपुर्जा भएका जग्गाधनीहरुलाई मुआब्जा प्रदान गरिसकेको वताउदै मन्त्री दाहालले ओइलानी जग्गामा बसेका १४ घरधुरीको लागि पनि छिट्टै निकास निकाल्ने वताए ।

रेल्वे स्टेशन र रेल्वे ट्र्याक वनाउने क्रममा व्यापक राजश्व छली भएको तर्फ पनि पत्रकारहरुले मन्त्री दाहाललाई ध्यानाकर्षण गराएका  छन ।

विशेषगरि बर्दिवास क्षेत्रमा निर्माणका क्रममा आएको नदीजन्य पदार्थमा मिलोमतोमा नै राजश्व छली भएको प्रमाणहरु रहेको पत्रकारहरुले दावी गरे ।

करोडौ राजश्व छली भएको विषयमा समबन्धित मन्त्रालयले कसरी हेर्छ भन्ने प्रश्नमा मन्त्री दाहालले अनुगमन निकायहरुसगँ छलफल गर्ने वताए ।

राजश्व छली कै विषयलाई लिएर नागरिक समाजले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्