images
images
images

सुस्तावासीसँग राष्ट्रपतिको प्रतिबद्धता : आर्थिक अवस्था सबल भएसँगै मोटर पुल बनाइदिन्छौं

images

पूर्वाधार वाच, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सशक्त राज्य निर्माण भएमात्रै नागरिकले दुःख व्यहोर्नु नपर्ने बताएका छन् । भारतीय सीमामा पर्ने नवलपरासी सुस्तामा निर्माण भएको झोलुङ्गे पुल औपचारिक उद्घाटन गर्दै बिहीवार उनले यस्तो बताएका हुन् ।

उनले राज्य जति बलियो, सशक्त र सम्पन्न हुँदै जान्छ त्यति नै दुःखका दिनहरु हट्दै जाने बताए । उनले सुस्ताबाट औद्योगिक क्रान्ति गर्न सकिने भन्दै उद्योगहरु खोल्न व्यवसायीहरुलाई आग्रह गरे । उनले आर्थिक रुपले नेपाललाई धनी बनाउने काम सुस्ताबाट सुरु हुनुपर्ने बताए ।

उनले भने, ‘तपाईंहरुले उद्योग खोल्नुस्, आर्थिक रुपले नेपाललाई धनी बनाउने काम यो ठाउँबाट गर्नुस् । यो झोलुंगे पुल मात्रै होइन । अहिले हामी अलि गरिब नै छौँ । अलि हाम्रो आर्थिक हैसियत राम्रो भएपछि मोटर पुल बनाइदिन्छौं । केही वर्ष पर्खनै पर्छ । तर तपाईंहरु चिन्ता नगर्नु होला । यो राज्य जति बलियो हुँदै जान्छ, नेपाल जति सशक्त हुँदै जान्छ, सम्पन्न, समृद्ध हुँदै जान्छ । त्यति त्यति हाम्रा दुःखका दिनहरु हट्दै जान्छन् ।’

उनले अहिले देशको आर्थिक स्थिति कमजोर रहेको भन्दै आर्थिक स्थिति सबल भएसँगै मोटर पुल बनाइदिने सुस्तावासीसँग प्रतिवद्धता जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्