पूर्वाधार वाच, काठमाडौं ।
नेकपा ‘माओवादी केन्द्र’का उपमहासचिव शक्तिबहादुर बस्नेतले दुई ठूला देशको विकासबाट नेपाली समाज लाभान्वित हुनुपर्ने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भारत अहिले इमर्जिङ इकोनोमीमा आइरहेको भन्दै यसको फाइदा नेपालले लिन सक्नुपर्ने बताउए।
उनले छिमेकी देशहरुले गरेको प्रगतिबाट अर्को छिमेकी देश खुशी हुनु स्वभाविक रहेको भन्दै भारतले गरेको प्रगतिबाट नेपाल पनि खुशी रहेको बताए। उनले तीब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुरा आवश्यक रहेको बताएका हुन्।
‘यतिबेला भारत एउटा इमर्जिङ इकोनोमीमा देखिरहेको छ। इमर्जिङ इकोनोमीको रुपमा जसरी भारत अघि आइरहेको छ, यो हामी सबैको लागि खुशीको कुरा पनि हो। एक छिमेकी र एक असल मित्र छिमेकीले गरिरहेको प्रगतिबाट हामी सबै खुशी हुने कुरा स्वभाविक छ। हामी खुसी छौं,’उनले भने,’त्यो तीब्रतामा भइरहेको विकासबाट नेपाली समाज कसरी लाभान्वित हुनसक्छ भन्नेबारेमा सोच्ने र त्यस दिशामा सार्थक पहल गर्नेकुराको आवश्यक हुन्छ। दुई तिहाई हाम्रो ट्रेड भारतसँग छ।’
उपमहासचिव बस्नेतले नेपालमा रहेको ४५ प्रतिशत वनजंगलको नेपालले सही सदुपयोग गर्नुपर्नेमा जोड दिए। ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्