images
images
images

पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छ : कार्यवाहक प्रधानमन्त्री सिंह

images

पूर्वाधार वाच, काठमाडौं ।

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले समृद्धिको मार्गमा अघि बढ्न पर्यटन क्षेत्र नेपालका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

पर्यटन दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेपालमा पर्यटन क्षेत्र अर्थतन्त्र चलायमान र मजबुत बनाउनका लागि महत्वपूर्ण रहेको उनको भनाइ थियो । पर्यटन क्षेत्रलाई सरकारले प्रभावकारी रुपमा अघि बढाउने पनि उनले बताए ।

पर्यटन क्षेत्रबाट नेपाली समाजमा दिनसक्ने योगदानलाई अझै व्यवस्थित गरेर अघि बढाउनुपर्ने उपप्रधानमन्त्री सिंहको भनाइ थियो । पर्यटन क्षेत्रका समस्या पहिचान गरी समाधान गर्न सरकार गम्भीर रहेको पनि उनले बताए ।

‘देशको समृद्धिको मार्गमा अघि बढ्नको लागि शान्ति अति आवश्यक छ । यस वर्षको विश्व पर्यटन दिवसको नारा राख्नुभएको छ, यो एकदम सान्दर्भिक छ । आजको कार्यक्रममा पर्यटनमा आफ्नो जीवन लगानी गर्नुहुनेहरुबाट हामीले धेरै कुरा सुन्ने सुअवसर पायौँ । टुरिजम सेक्टर नेपालको कन्टेस्टमा इकोनोमिलाई अफ्लिफ्ट गर्नका लागि इन्जिनको रुपमा यो सेक्टरलाई अझ प्रभावकारी रुपले बढाउन जरुरी छ,’ उपप्रधानमन्त्री सिंहले भने ।

कार्यवाहक प्रधानमन्त्री सिंहले राजनीतिक स्थिरता दिनका लागि कांग्रेस-एमालेको सरकार बनेको पनि बताएका थिए ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम अघि बढाउने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । पर्यटन क्षेत्रले नेपालको अर्थतन्त्रमा धरै सहयोग गरिरहेको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्