पूर्वाधार वाच, काठमाडौं ।
एक्सेल बिजनेस कलेज अन्तर्गत ‘ईबीसी इभेन्ट म्यानेजमेण्ट क्लब’द्वारा आयोजित ‘ईबीसी दशैं फेष्ट’को सम्पूर्ण तयारी पूरा भएको छ । ‘एक्सेल जाऔं र दशैं फेष्टमा सँगैसँगै रमाऔं’ भन्ने नारासहित आयोजित उक्त फेष्टको तयारी पूरा भएको क्लब मेन्टर धर्मेन्द्र जैशीले जानकारी दिए ।
क्लबले असोज १२ अर्थात् शनिबार उक्त फेष्ट सञ्चालन गर्दैछ । कार्यक्रममा लोकप्रिय गायक तथा कमेडियनहरुले प्रस्तुति रहने जैशीले बताए । यस्तै खेल स्टल, ट्रेड स्टल, फुड स्टल, म्यूजिक, स्ट्याण्डअप कमेडी लगायतका मनोरञ्जनात्मक कार्यक्रम समेत फेष्टका मुख्य आकर्षण हुन् ।
कल्चरल फेस्टिभलका रूपमा रहेको उक्त कार्यक्रमले विद्यार्थीहरूमा धार्मिक एकता सामाजिक सेवा भावमा वृद्धि , जातीय एकता, लिडरसीप क्वालिटी, मार्केटिङ स्किल्सको विकास लगायतमा सघाउ पुर्याउने अपेक्षा रहेको आयोजकको भनाई छ । यस्तै यस्ता कार्यक्रमले सामाजिक विकास एवं शान्ति प्रवर्द्धन हुने समेत आयोजकको अपेक्षा छ ।
उदीयमान युवा गायक आविष्कार केसी र महेन्द्र विकको प्रस्तुति रहने कार्यक्रमको मुख्य प्रायोजकमा डाँफे लिंक रहेको छ । गायक केसी र विक आफ्नो आवाज र प्रस्तुतिका कारण आम दर्शकमाझ लोकप्रिय मानिन्छन् ।
युवा पुस्ताका चर्चित गायकका रूपमा स्थापित हुँदै गरेका आविष्कार र महेन्द्र को प्रस्तुतिले कार्यक्रममा सहभागी हुने विद्यार्थी तथा आम दर्शकलाई मनोरञ्जनका साथै थप प्रेरणा र हौसला मिल्ने समेत आयोजकको अपेक्षा छ । झण्डै ७ सय जनाको सहभागिता रहने अपेक्षा गरिएको कार्यक्रममा प्रवेश निःशुल्क रहेको रहनेछ ।
फेष्टको मल्टिमिडिया पार्टनरमा आईएनआई सिनेमा, फुड पार्टनर क्याफे कप्स एण्ड मग्स र गंगा वाटर रहेका छन् । यस्तै क्लोथिङ पार्टनरमा ओम शान्ति टेलर्स, सेक्युरिटी पार्टनर डीडी सेक्युरिटी र कार्यक्रमको मिडिया पार्टनरमा पूर्वाधार वाच डटकम रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्